Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरिखेतमा बृहत ल्होछार कार्यक्रम मनाउन अन्तरक्रिया 

पश्चिमी मकवानपुरको सरिखेत गाबिसमा २४ पुसमा  स्थानीय साङ्गे छ्योइलिङ् गुम्बाको आयोजनामा ल्होछार सम्बन्धि बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष घरमा       चेलीबेटी आफन्तजन बोलाइ ल्होछार मनाउने यहाँको स्थानीयहरुमा चेतनासंगै भेगीय रुपमा बृहत ल्होछार मनाउन अहिले सबै लागि परेका छन्  ।

अहिले देशबिदेशमा ल्होछार बिशेष बृहत कार्यक्रमको तिब्र तयारी भइरहेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ् घेदुङ्, मकवानपुरक अध्यक्ष लिलाकुमार घलानले बताए ।
    
तामाङ भाषा र संस्कृति प्रबर्दनका लागि सोनाम ल्होछार–२८५३ घरघरमा मनाऔं, ताम्सालिङ सहितको संविधान संशोधनका लागि गाउँ गाउँबाट जनदबाब सिर्जना गराऔं भन्ने मुल नाराको साथ यस वर्ष  ल्होछार मनाइँदैछ ।

बिगतका बर्ष गुम्बाको पुजामा मात्र सिमित ल्होछार कार्यक्रम यसपाली बृहत रुपमा मनाउन कार्यक्रम गरिएको गुम्बाको सचिब बाबुलाल स्याङ्तानले बताए । राज्यबाट हामी पीडिीत छौ , आफ्नो चाडपर्ब सस्कार सस्कृतिको लागि सदैब लागि पर्नपर्छ  सरिखेत गाबिसक चन्द्रलाल लामाले बताए ।
१४ माघमा गुम्बामा बिशेष पाठपुजा गर्ने, १५ माघमा गुम्बा परिसरमा नाचगान गर्ने र  १६ माघमा सरिखेतको पलासे बजारको खुल्ला मैदानमा विशेष कार्यक्रम  गर्ने गुम्बाका अध्यक्ष चित्रबहादुर थिङ्ले बताए ।

कार्यक्रम साङ्गे छ्योइलिङ् गुम्बाको अध्यक्ष थिङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

-दिलबहादुर गोले



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०