nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सरस्वती आधारभुत विद्यालयको अध्यक्षमा कार्की

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभुत विद्यालयको अध्यक्षमा इच्छापुर्ण कार्की चयन भएका छन । विद्यालयमा भएको अभिभावक भेलाले अभिभावकहरु मध्येबाट पुरुष दुई र महिला दुई निर्विरोध भएपश्चात २७ कात्तिकमा बसेको बैठकले मनोनित २ तथा शिक्षक प्रतिनीधि र सदस्यसचिव सहित आठ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । 

व्यवस्थापन समितिको सदस्यहरुमा सुर्य सिन्तान, रिना बलामी, सुर्जे सिन्तान, इन्द्रमाया देउला, इश्वरी बलामी, सदस्य सचिब प्रधानाध्यापक महेन्द्र प्रधान र शिक्षक प्रतिनिधि कमला पौडेल रहेका छन ।जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोत व्यक्ति ठाकुरप्रसाद बर्तौलाको विशेष उपस्थितमा भएको व्यवस्थापन समिति गठन कार्यक्रममा बर्तौलाले समितिका पदाअधिकारीहरुलाई सपथ गराएका थिए ।

अध्यक्षमा चयन भएपछि कार्कीले सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त सहित धन्यवाद ज्ञापन गरेका छन् । उनले सरकारी विद्यालयमा गुणस्तर कम हुन्छ भन्ने आम बुझाईलाई चिरेर गुणस्तरीय शिक्षा प्रदानका लागि योजनावद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सरस्वती आधारभूत विद्यालयमा अहिले पनि कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)