Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारी कर्मचारीलाई घरबाटै योगदान गर्न सरकारको आह्वान

sarkari-1586425582.jpg

बन्दाबन्दीपछि घरमै सीमित कर्मचारीलाई आफू रहेकै स्थानबाट कार्य सम्पादन गर्न निर्देशन दिएको छ । टेलिफोन, इन्टरनेटजस्ता सूचना प्रविधि प्रयोगमार्फत गर्न सकिने कार्य गर्न सरकारले कर्मचारीलाई निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूभन्दा एक तहमाथिको कर्मचारीसँग निरन्तर सम्पर्कमा रहन समेत आग्रह गरेको छ । कोभिड–१९ को संक्रमणबाट आफू, परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारको निर्देशन पूर्णपालना गरी सहजिकरण गराउन समेत सरकारले निर्देशन दिएको छ ।

आफू बसेको स्थान वरिपरि लकडाउन लागू भएको मितिपछि कोरोना प्रभावित स्थानबाट आएको व्यक्ति अनावश्यक घुमफिर गरेको पाइए निजलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने जिम्मेवारी पनि सरकारले घरमा बसेका कर्मचारीलाई निर्देशन दिएको छ । त्यसरी अनुरोध गर्दा पनि नमानेमा नजिकको वडा कार्यालय तथा प्रहरी प्रशासनलाई सूचित गराउनसमेत कर्मचारीसँग आग्रह गरेको हो । कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा स्वास्थ्य संस्थामा पठाउने वा त्यसको सूचना दिनसमेत कर्मचारीसँग आग्रह गरेको छ ।

सरकारका निकाय तथा स्थानीय तहबाट सञ्चालन गरिएका लगत संकलन, राहत वितरणजस्ता कार्यमा समेत कर्मचारीले योगदान गर्नुपर्ने भएको छ ।

दैनिक उपभोग्य सामानको मूल्य अस्वभाविक रूपमा बढेको पाइएमा सोको जानकारी सम्बन्धित निकायमा गराउनुपर्ने जिम्मेवारी पनि सरकारले कर्मचारीलाई दिएको छ । मानिसहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गर्ने, घरबाहिर जानैपर्ने मास्क लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने काममा सघाउन समेत आग्रह गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०