Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सरकारी उदासिनताको कारण रोपवे १८ बर्षदेखि बन्द

अमेरिकी सरकारको सहयोगमा २०२१ सालदेखि हेटौंडा–काठमाडौं सञ्चालित रोपवे हाल १८ वर्षदेखि अलपत्र छ ।

सरकारी उदासिनताको कारण रोपवे १८ बर्षदेखि बन्द

भैंसेस्थित सबस्टेसनमा बिग्रेको तार र ट्रान्सफर्मर मर्मतसम्भारका लागि सरकारले रकम उपलब्ध नगराउँदा २०५६ सालमा रोपवे बन्द भएको थियो । पछि २०५८ सालमा सरकारले यसलाई खारेज गरेको थियो । बन्दको साथसाथै विघटनपछि बेवारिसे बनेको हेटौंडा–काठमाडौं रोपवेका तार र क्यारियरहरू गाउँलेको निम्ति धराप थापेको जस्तो भएको छ ।

कुनै पनि बेला तार चुडिएर बस्तीका बासिन्दाहरू घाइते हुन सक्छन् भने, अर्कोतिर क्यारियर खसेर मृत्यु नै हुन सक्ने जोखिम बढेको छ ।  चार सय ५० हर्सपावर क्षमताको रोपवे हेटौंडाबाट काठमाडौं जाँदा २२ टन प्रतिघन्टा र काठमाडौंबाट हेटौंडा आउँदा ११ टन प्रतिघन्टा भारवहन क्षमता थियो । हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं दुई वटा ट्रक आवतआवत गर्न करिब दुईसय लिटर इन्धन आवश्यक पर्छ भने यसको विकल्पमा ६ घन्टामात्र रोपवे सञ्चालन हुँदा पनि १२ सय लिटर इन्धन बचत हुने निजि क्षेत्रको भनाई छ । 

सरकारी उदासिनताका कारण लामो समयदेखि बन्द रहेको हेटौंडा–काठमाडौं रोपवेको करोडौं मूल्यको तार र मालसामान चोरी हुनुका साथै संरक्षणविहीन अवस्थामा रहेको छन् । 

-टीम टी.भि.



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)