nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सरकारी अस्पतालको कारण स्वास्थ्य बिमाले तिब्रता लिएनः– अभिकर्ता लामा

स्वास्थ्य बीमाको सेवा सरकारी अस्पतालले प्रदान गर्ने भएकाले स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता सबिना लामाले बताए । सरकारी अस्पतालको सेवामा जन मानसको बिश्वासको कमिले गर्दा स्वास्थ्य बीमा प्रभाबित भएको उनको भनाइ रहेको छ । अधुनिकता सँगै मानिसमा निजी अस्पताल तथा क्लिनिकहरुबाट स्वास्थ्य सेवा लिने प्रबृत्ति बढेपछि सरकारी अस्पतालको सेवामा कम गुणस्तरियताको भान भएको हो । जसले गर्दा सरकारी स्वास्थ्य सेवा लिन हिचकिचाउने हुनाले  सोचेजती स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको उनले बताए । 
सरकारी सेवामा ढिलाइ हुने र कम प्रभावकारी हुने भएकाले स्वास्थ्य बीमाा गर्नु आवश्यक नरहेको बताउँदै बीमा गर्न नमाने पछि आफुले धेरै पटक धाउँदा पनि आफ्नो क्षेत्रमा सोचे जती बिमित बढाउन नसकिएको उनले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को लागि बीमा अभिकर्ताको रुपमा कार्यरत उनी आफ्नो क्षेत्रमा अन्यको तुलनामा कम बिमित हुनुमा आफ्नो कमजोरी नरहेको बताउँछिन । एउटै घरमा पटक पटक पुग्दा समेत एउटै कारण देखाएर बीमा गर्न नमाने पछि आफु ठकित भएको उनको भनाइ रहेको छ ।
सरकारी स्वास्थ्य सेवा संगै स्वास्थ्य बीमाको बारेमा मानिसमा राम्रो जानकारी नभएको कारण पनि बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता लामाको बुझाइ छ ।
स्वास्थ्य बीमा शाखा मकवानपुरका अनुसार आर्थिक बर्ष २०७४÷०७५ भित्रमा जम्मा जनसंख्याको २० प्रतिशत बीमा गरिसक्ने लक्ष्य राखिएको भए पनि लक्ष्य प्राप्त गर्न नसकिएको मकवानपुर जिल्लाका स्वास्थ्य बीमा दर्ता–अधिकारी शुष्मा आचार्यले बताइन ।
बीमामा आवद्ध हुनका लागि पारिवारिक इकाइका आधारमा अहिले पाँच जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।