Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्वृद्ध प्रदेशका लागि कृषि प्रवद्र्धन र भ्रष्टचारीलाई सिधै जेल हाल्ने कानून–मन्त्री लामा 

सम्वृद्ध प्रदेश बनाउनको लागि भ्रष्टचारमा संलग्नलाई कुनैपनि हालतमा नछोड्ने प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा गरिबीनिवारण बन्त्री दावा दोर्जे लामाले बताएकाछन् । ‘भ्रष्टचारीलाई सिधै जेल हाल्ने कानून बनाउँछौं’–मन्त्री लामाले भने, भ्रष्टचार राजनीतिक व्यक्ति वा कर्मचारी जस्ले गरेपनि त्यसलाई जरैबाट उखेल्नतिर सबै एक जुट हुनुपर्छ । मकवानपुर थाहा नगरपालिकाको टिष्टुङमा भएको २८५५ औं सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रमको अवसरमा मन्त्री लामाले यस्तो बताएका हुन् । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको पहलमा देश सम्वृद्ध बन्ने विश्वस व्यक्त गर्दै नागरिकहरु अब उत्पादनमा एकीकृत हुनुपर्ने मन्त्री लामाले बताए । तीन तहको सरकारका लागि भएको चुनावमा सम्वृद्ध नेपालका लागि भएको प्रतिवद्धता पत्र पूरा गर्न तीनै तहका सरकारले नीति तथा कार्यक्रम बनाई बजेटहरु समेत तय गरेको लामाले बताए । 

अब मुलुकमा राजनीतिक लडाई गर्ने बेला अन्त्य भएको बताउँदै प्रदेशलाई सम्वृद्धितर्फ उन्मुख गर्नको लागि थाहानगरको पनि योगदान महत्वपूर्ण हुने उल्लेख गरे । थाहा कृषि र पर्यटनको लागि उपयुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रदेश ३ मो सम्वृद्धिमा थाहानगरको योगदान हुनुपर्ने अपेक्षा राखे । मन्त्री लामाले भने, हामी सुनको थाली बोकेर बालुवाको थुप्रोमा जान्छौं, उत्पादनशील उमेर दुबोसम्म नउम्रने साउदीको बालुवामा खेर फालेर फर्कन्छौं । विदेशमा श्रम गर्न हैन सीप सिक्नको लागि नेपालीहरु जानूपर्ने उल्लेख गर्दै सीप सिकेर स्वदेशमै कृषि उद्यमी बन्न सुझाए । समुहिक खेती प्रणाली र नयाँ नयाँ कृषि उद्यम गर्न सके व्यक्ति, स्थानीय तह हुँदै प्रदेश र सिंगो मुलुक सम्वृद्ध हुने विश्वास गरे । पर्यटकीय नगरी थाहानगरको दामन पुगेका पर्यटकलाई टिष्टुङ तान्नको लागि टिष्टुङबासीले योजना बनाउनतिर लाग्नूपर्ने उनको भनाइ थियो । टिष्टुङको पर्यटकीय ब्राण्ड बनाएर अघि बढ्नसके यहाँको आर्थिक सम्वृद्ध भई नागरिकहरु धनी बन्न सक्ने मन्त्री लामाको उद्घोष थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख तथा विशेष अतिथि दवशेर विष्टले कृषि र पर्यटनको उर्वर भूमी थाहानगर संस्कृति र परम्परालेले विविधता रहेको धारणा राखे । थाहा नगरलाई कृषि र पर्यटनको प्रवद्र्धनका लागि आधारभूमि रहेको बताउँदै यसलाई आर्थिक सम्वृद्धिसंग जोडेर सम्वृद्ध थाहानगर बनाउन्पर्ने बताए । नगरलाई सम्वृद्ध बनाउनको लागि पालिकाले क्रमशः योजना, गुरुयोजना निर्माणगरी कार्यान्वयन गरिरहेको प्रमुख विष्टले बताए । थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले नगरपालिकामा करिब ५० प्रतिशत तामाङ जातजातिको बसोबास रहेको बताउँदै टिष्टुङ क्षेत्रमा होमस्टेको प्रवद्र्धन गर्ने योजना नगरपालिकाको रहेको सुनाए । उनले तामाङ संस्कृतिको संरक्षण गर्दै यसको प्रवद्र्धन गरी पर्यटकलाई टिष्टुङमा आकर्षित गरिने योजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा थाहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष किरणमान बल, १२ नम्बर वडाका अध्यक्ष मान बहादुर स्याङ्तान, नेपाल तामाङ घेदुङ संघ थाहानगरका अध्यक्ष दिपेन्द्र थिङलगायत स्थानीय संघसंस्थाका प्रतिनीधीहरुको आतिथ्यता रहेको थियो ।  सो अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सँस्कृतिक कार्यक्रममा प्रस्तुति रहेको थियो । कार्यक्रममा तामाङ संस्कृति झल्कने गित तथा नृत्य प्रस्तुत भएको थियो । 
   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०