Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्वादका किशोर किशोरी टोल सरसफाईमा सक्रिय 

हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा सञ्चालित सम्वादकेन्द्रका किशोर किशोरीले टोल सरसफाई गरी समुदायमा सचेतना फैलाएका छन् । ठूलोथली ठाडोरोड, दक्षिणकाली मन्दिर चोक हुदै रमन्थलीसम्म सडक वरपर र घर आँगन सरसफाई गर्नुको साथै टोलका प्रत्येक घरमा फोहोर संकलनको लागि वोरा वा डस्टविन भए नभएकोे अनुगमन गरेका छन् । 

१ सय २० जना किशोर किशोरीले सडक गल्ली र घर वरपर भएका प्लाष्टिक संकलन र नष्ट गर्ने काम गरेका हुन । सहभागी किशोर किशोरीले समुदायका अभिभावक र युवा युवतीहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा सम्वाद सहयोग समिति संयोजक संगिता वाईवा सम्वाद सहयोग समिति सदस्यहरु लगायत सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्माको सहभागिता रहेको थियो । सहभागी किशोर किशोरीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने वताएका छन् भने अभिभावकहरुले उनीहरुको अभियानमा सहयोग गर्ने वताएका छन् । 

सधै वरालिएर चोक चौतारोमा समय विताउने आफ्ना छोराहरु सामाजिक काममा सकृय भएको देख्दा अभिभाकहरु दंग परेका छन् ।  सम्वाद स्ट्रोम फाउण्डेशन र सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा सञ्चालित कार्यक्रम हो ।