Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्पादक भुजेल फोनिज प्रदेश-३ को महासचिवमा निर्वाचित

आदिवासी जनजाति  पत्रकार पत्रकार महासंघ ९फोनिज० को प्रदेश नम्बर ३ को प्रथम महाधिबेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासचिवमा विकाखबर डटकमका सम्पादक सुरजकुमार भुजेल सर्वसम्मत निर्वाचित भएकाछन् । 

नुवाकोटमा २ चैत्रमा सम्पन्न भएको प्रथम महाधिबेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, अन्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पूर्णभक्त सुवाल रहेका छन् ।

त्यस्तै संस्थाको खुला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, संस्थागत सदस्यमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जिवन लिम्बु, नवीन राना मगर, राजेश बज्राचार्य रहेका छन् ।
त्यसैगरी अल्पसंख्यक सदस्यमा पुष्पा राई हायु, अनुशासन संयोजकमा दिल बहादुर लामा, अनुशासन सदस्यमा राजुकमार शाक्य र रिदेन मर्हजन रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०