Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

समृद्ध थाहानगरको लागि भोलि अन्तरक्रिया 

LB-1526036582.jpg

थाहा नगरपालिकाको विकासको सन्दर्भमा जनप्रतिनिधिसहितको अन्तरक्रिया हुने भएको छ । यही २९ बैशाख, २०७५मा थाहाको झम्केश्वरी स्थित सामुदायिक भवनको हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिन लागेको आयोजक टिमका अच्युत्तमप्रसाद ढकालले बताए । थाहा नगरपालिकामा क्रियाशील संघसंस्थाहरुको सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । ‘विगतको भन्दा अझ व्यापक ढंगले जान खोजिएको छ, थाहानगर घर भई नगरबाहिर बस्दै आएका बुद्धिजीवीहरुको समेत विशेष सहभागिता रहनेगरी कार्यक्रम आयोजना हुँदैछ,’ ढकालले भने । 
यसअघि नागरिक समाजको नामबाट कार्यक्रम आयोजना गरिँदै आएकोमा  यसपटक भने थाहानगरका संघसंस्थाहरुको साझा पहलमा कार्यक्रम हुने भएको छ ।  समृद्ध थाहा नगरको लागि साझा पहल भन्ने मूल नाराका साथ थाहानगर संघसंस्था सञ्जालमा १४ वटा क्रियाशील संघसंस्थाहरु आवद्ध छन् । पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, लायन्स क्लब अफ थाहागर, थाहानगर उद्योग वाणिज्य संघ, थाहानगर मिडिया एसोसिएसन, थाहा कला केन्द्र, दामन रेडक्रस, पालुङ रेडक्रस, बज्रवाराही रेडक्रस, सामुदायिक सेवा केन्द्र, प्रस्तावित रोटरी क्लब अफ थाहा, नगरस्तरीय सामुदायिक वन उपभोक्ता महासंघ, जनकल्याण एल्मुनाइ एसोसिएसन, पाण्डुकेश्वर क्षेत्र विकास समिति, एभरेष्ट युवा विकास क्लब लगायत संघसंस्था सञ्जालमा छन् ।
थाहानगरको समग्र विकासमा चिन्तनमन्थन गरिने उक्त कार्यक्रमको प्रमुख अतिथि थाहानगरका प्रमुख लवशेर विष्ट र विशेष अतिथि थाहानगरका उपप्रमुख खड्ग गोपाली रहने छन्  । इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिकका जनप्रतिनिधिहरु समेत उक्त कार्यक्रममा सहभागी हुनेछन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०