nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समृद्ध थाहानगरका लागि अन्तरक्रिया

Thaha-1524484488.jpg

थाहा नगरपालिकाको विकासको सन्दर्भमा फेरि अर्को अन्तरक्रिया हुने भएको छ । थाहाको विकासका लागि पटकपटक अन्तरक्रिया र छलफल चलाउँदै आएको नागरिक समाजको टिमले अर्को अन्तरक्रिया आयोजना गर्न लागेको हो । यही २२ बैशाखमा थाहाको झम्केश्वरी माविको चौरमा पिकनिकसहितको कार्यक्रम आयोजना गरिन लागेको आयोजक टिमका अच्युत्तमप्रसाद ढकालले बताए । ‘विगतको भन्दा अझ व्यापक ढंगले जान खोजिएको छ, थाहानगर घर भई नगरबाहिर बस्दै आएका बुद्धिजीवीहरुको समेत विशेष सहभागिता रहनेगरी कार्यक्रम आयोजना हुँदैछ,’ ढकालले भने । 

यसअघि नागरिक समाजको नामबाट कार्यक्रम आयोजना गरिँदै आएकोमा  यसपटक भने थाहानगरका संघसंस्थाहरुको साझा पहलमा कार्यक्रम हुने बताइएको छ ।  थाहालाई समृद्धनगर बनाउन नागरिक स्तरबाट अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्न आइतबार थाहानगरमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बैठक बसेको थियो । बैठकले नै अन्तरक्रिया सहितको पिकनिक आयोजना गर्ने निर्णय गरेको
हो । 

अन्तरक्रिया तथा पिकनिकका लागि अच्युत्तमप्रसाद ढकाल, कुमार नेगी, सानोभाइ कार्की , सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, रामप्रसाद ढकाल लगायत रहेको कार्यदलसमेत गठन गरिएको छ । कार्यदलमा कल्पना बलामी, सानुकाजी गोपाली र निरन्जन अधिकारीसमेत रहेका छन् ।  पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, थाहानगर उद्योग वाणिज्य संघ, थाहानगर मिडिया एसोसिएसन, थाहा कला केन्द्र, दामन रेडक्रस, पालुङ रेडक्रस, बज्रवाराही रेडक्रस, सामुदायिक सेवा केन्द्र, प्रस्तावित रोटरी क्लब अफ थाहा, नगरस्तरीय सामुदायिक वन उपभोक्ता महासंघ, जनकल्याण एल्मुनाइ एसोसिएसन, पाण्डुकेश्वर क्षेत्र विकास समिति लगायत संघसंस्थाका प्रतिनिधिहरुको बैठकमा सहभागिता रहेको थियो । 
थाहानगरमा बैठक बस्नुअघि काठमाण्डौंमा समेत प्रारम्भिक छलफल भैसकेको  र थाहानगर घर भई हाल काठमाण्डौंमा विभिन्न  क्षेत्रमा काम 
गरिरहेका ५० बढी नगरबासीहरु कार्यक्रममा उपस्थित हुने अच्युत्तमप्रसाद ढकालले बताए । थाहानगरको समग्र विकासमा चिन्तनमन्थन गरिने उक्त कार्यक्रमको प्रमुख अतिथि थाहानगरका प्रमुख लवशेर विष्ट र विशेष अतिथि थाहानगरका उपप्रमुख खड्ग गोपाली रहने तय भइसकेको छ । त्यस्तै उक्त कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, रघुराम विष्ट, ओमबहादुर विष्ट, प्राध्यापक कुमार थापा, प्राध्यापक बद्रिप्रसाद विँडारी लगायत सहभागी हुने तय भएको छ । मकवानपुरको चर्चित पर्यटकीय स्थल गुम्बाडाँडास्थित मुर्तिकलाका परिकल्पनाकार डा. तारालाल श्रेष्ठ पनि उक्त कार्यक्रममा बक्ताको रुपमा आउने बताइएको छ । 

अन्तरक्रिया कार्यक्रममा करीव ३ सय जना सहभागी हुने बताइएको  छ । थाहानगरका जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघंस्था आवद्ध नागरिकहरु तथा थाहाको विकासमा नजिकबाट चासो लिने जोकोही कार्यक्रममा सहभागी हुन सक्ने र त्यसको लागि टिकटको व्यवस्था हुने बताइएको छ । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।