Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

समिट एयरको विमान दुर्घटना, पाइलटसहित चारको मृत्यु

Lukkkk-1555216946.jpg

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ ।

उडान भने क्रममा पार्किङमा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोकिएर दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी समिट एयरका को–पाइलट एस ढुङ्गाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् । अन्य दुई जनाको नाम खुल्न बाँकी नै छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाको पुष्टि गर्दै भने, ‘रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको छ, हामी उद्धार गरिरहेका छौं, पछि विस्तृत विवरण आउँछ ।’

-नयाँपेजबाट