Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

समिक्षा बैठक १२ गते बस्ने

DCC-1566521248.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्ला समिक्षा बैठक आगामि १२ भदौमा बस्ने भएको छ । ५ भदौमा बसेको जिससको बोर्ड बैठकले आगामि भदौ १२ गते बोर्ड बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिससको बोर्ड बैठकले आगामि १२ गते बिहान आयोजना गर्ने निर्णय गरेको हो । बैठकले चौथो जिल्ला सभामा सफल बनाउन सहभागि भएका प्रमुख अतिथी, अतिथी, संचारकर्मीलगायतलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

समिक्षा बैठकमा जिल्लाका १० वटै स्थानीय तहहरुले आफुले एक वर्ष भित्र गरेका कार्यक्रमहरुका बारेमा प्रस्तुति गर्ने प्रमुख खुलालले बताए । त्यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थालगायत सहकारीहरुले पनि आफ्नो प्रतिवेदन पेश गर्ने बताए । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत समन्वय समितिका सदस्यहरुको सहभागिता थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०