nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समायाेजन पछि राप्रपाकाे मकवानपुर कार्य समिति चयन

मकवानपुरमा राप्रपा नेपाल र राप्रपा बिचको एकीकरणपछी नयाँ कार्यसमिति चयन गरिएको छ । दुबै पार्टीबिचमा भएका पदलाई नघट्नेगरी पद बिभाजन गरिएको हो ।

मकवानपुरमा राप्रपा नेपाल अली ठुलो सक्ति भएपनि राप्रपामा भएका नेताहरुको पहिले भएको पदनै दिएपछी सबै पदमा कुरा मिलेको हो । राप्रपा नेपालका सांसद तथा केन्द्रीय सदस्य गणेश थापा, अर्का केन्द्रीय सदस्य नबराज बिष्ठ र मधु अधिकारीको रोहबरमा जिल्ला स्तरमा समिति चयन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको जिल्ला अध्यक्षमा रामहरी न्यौपाने, सह अध्यक्षमा बालकृष्ण कार्की, बरिष्ठ उपाध्यक्षमा शिबराम थापा, उपाध्यक्षहरुमा नन्दरत्न स्थापीत, गुन्जनबहादुर न्यौपाने, खड्गबहादुर लामा चयन हुनुभएको छ । जिल्ला कमिटिका सचिबमा खिलप्रसाद चौलागाँई, ज्ञानेन्द्रराज ढुंगेल, सह सचिबमा शंकर सिङ ठकुरी, सागर थापा  र देबबहादुर लामा चयन हुनुभएको छ ।

यसैगरी राप्रपाका क्षेत्रिय अध्यक्ष सिताराम बतौलालाई भने जिल्ला नेताको रुपमा मानेर जाने निणए भएको केन्द्रीय सदस्य बिष्ठले बताउनुभयो । त्यसैगरी कोषाध्यक्षमा गोपी न्यौपाने र ईन्दीरा न्यौपाने चयन हुनुभएको छ । अरु जिल्ला सदस्यहरु भने अब ७० जना पुगेका छन् । पहिले राप्रपा नेपाल मकवानपुरमा रहेका ४८ जना जिल्ला सदस्य र राप्रपामा रहेका २२ जना जिल्ला सदस्यगरी ७० जना पुगेको राप्रपाका केन्द्रीय सदस्य नबराज बिष्ठले बताउनुभयो ।

यसैगरी राप्रपा एक भएपछी आज भएको जिल्ला कमिटिको बैठकले यही मंसिर १६ गते पल्पसा सभाहलमा हुने एकता सभालाई भब्य बनाउने निणय गरेको छ । पार्टीका कार्यबाहक अध्यक्ष शिबराम थापाको अध्यक्षतामा बैठक भएको हो । दुईपार्टी बिचको एकीकरण घोषणा सभालाई संबोधन गर्नका लागि राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शंसेर राना, केन्द्रीय अध्यक्ष कमल थापा, उपाध्यक्ष राजिब पराजुली, महाँमन्त्री बुद्धीमान तामाङ, बर्तमान भुमिसुधार मन्त्री बिक्रम पाण्डे लगायतका नेताहरु हेटौडामा आउने भएको सांसद थापाले जानकारी दिनुभयो । 

हेटौडा ९ को भ्रमणको क्रममा स्थानिय वासीहरुको मागलाई ध्यानमा राखेर कृयापुत्री भवन र बिवाह बर्तमान गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले ब्यक्त गर्नुभयो । हरेक क्षेत्र राजनितिले तहसनहस बनाई रहेकोहुदा आफु राजनिती भन्दा माथी उठेर सहयोगमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेकाे खबर हेटाैंडा खबर डट कमले जनाएकाे छ ।