nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

समाज सुधारको वार्षिक उत्सवमा सम्मान

समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुर हेटौंडाको १५ औं वार्षिक उत्सव तथा नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार हेटौंडामा गरिएको छ । समाज सुधारका अध्यक्ष  टिका कुमारी बोगटीको सभाध्यक्षतामा र संस्थाका सल्लाहकार चित्रकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा संस्थाको प्रवद्र्धनमा टेवा पुराएको भन्दै पत्रकार तथा दलका प्रतिनिधीहरु, वडा नागरिक मञ्च,  वडा प्रशासनिक कार्यालयका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । 

सम्मानित हुनेमा साझा कुरा दैनिकका प्रकाशक तथा सम्पादक सविन न्यौपाने, समृद्ध समाजका प्रकाशक सम्पादक सुरेश श्रेष्ठ, अन्नपूर्ण राष्ट्रिय दैनिकका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, मध्यस्थता साप्ताहिकका प्रकाशक तथा सम्पादक शिवप्रसाद  चौंलागाई, कुनेढुङ्गो साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक गोविन्द प्रसाद न्यौपाने, वडा नागरिक मंच हेटौंडा ८ का प्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।