nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सभापति विडारीले गरे, थाहानगरको विकास निरीक्षण [हेर्नुहोस् फोटो फिचर]

संघीय संसदको प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले मकवानपुर थाहा नगरपालिका क्षेत्रमा भएको विकास निर्माणको निरीक्षण गरेका छन् । सभापति विडारीले ४ मंसिरमा थाहानगर क्षेत्रको भौतिक पूर्वाधार विकासको स्थलगत निरीक्षण गरेका हुन् । 

विडारीले थाहानगर स्थित दामनको भ¥याङ पार्क, निर्माणाधिन थाहा पर्यटन पार्क, पाण्डुकेश्वर मन्दिर, थाहा शीतभण्डार, थाहा बसपार्क, ऐतिहाँसिक कुन्छाल बस्ती संरक्षण तथा विकास योजना, बज्रवाराहीका सडकहरु लगायतका योजनाहरुको स्थलगत निरीक्षण गरेका हुन् । कार्यक्रमको अवसरमा विडारीले आफू कानून बनाउने र त्यसको कार्यान्वयनको अनुगमन गर्ने ठाउँमा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयन पालिकाहरुले गर्ने प्रतिक्रिया दिए । ‘नेपालमा संघ, प्रदेश र स्थानीय तहमा तीन पालिका रहेको छ, विकासको खाका उनीहरु नै बनाउँछन्’–विडारीले भने,– जिम्मेवार अनुसार जनप्रतिनीधिहरुले काम गरे विकास संभव छ ।’

विडारीले थाहानगर क्षेत्रमा भएको पुर्वाधार विकासको सकारात्मक प्रतिक्रिया दिदै विकासका कुरामा आफ्नो क्षेत्रबाट पनि पहल गर्ने बताउँदै नागरिकसम्म सजिलै विकास पु¥याउने निकाय भने स्थानीय तह नै भएको बताए । 

अनुगमन निरीक्षणमा नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका राजनैतिक सल्लाहकार विष्णु विष्ट ‘आदर्श’, थाहा-३ का वडाध्यक्ष राजेश के.सी. नेकपा थाहानगर सचिव सानुकाजी गोपाली लगायत सहभागी थिए । 

हेर्नुहोस् फोटो फिचरः



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)