Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सबल परियोजना थाहानगरलाई हस्तान्तरण

NAGAR-1568685790.JPG

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) मकवानपुरले संचालन गरेको सबल परियोजनाको समिक्षा, समापन तथा हस्तान्तरण भएको छ । थाहा नगरपालिका वडा नम्बर ७, ८, ११ र १२ मा संचालन भैरहेको परियोजनाको ३० भाद्रमा एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको परियोजना हस्तान्तरण कार्यक्रममा उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, सबलका अनुगमन अधिकृत अविन्द्र कुमार यादव, वडा नम्बर ३ का वडाअध्यक्ष राजेश केसी, ११ का अध्यक्ष किरणमान बल, वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर स्याङ्तान, कार्यक्रम संयोजक नवराज थापा, थाहा नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुलगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा सहभागीहरुलाई कार्यक्रम संयोजक नवराज थापाले स्वागत गरेका थिए । सो अवसरमा नगरपालिकालाई सम्मान सहित सिसिडिएन सबल परियोजना अन्तर्गत संचालन गरिएको कार्यक्रमको प्रतिवेदन सहित परियोजना नगर प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक नवराज थापाले परियोजनाको कार्यक्रम र प्रभावलगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए । 
कार्यक्रममा सिसिडिएन सबल परियोजनाका अमिर दाहाल, सहदेव तिमल्सिनालगायतकाको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०