Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सडक निर्माणको जिम्मा अब लामाको काँधमा

मकवानपुरको फाखेल महालक्ष्मी दोभान,खड्बु,घट्टेखोला,चखेल देउराली हुँदै मातातिर्थ काठमाडौ जोड्ने सडकको नयाँ उपभोक्ता समिति आज एक भेलाका बीच गठन भएको छ । उक्त भेलाबाट जीवन लामाको अध्यक्षतामा नौ सदस्यीय उपभोक्त समिति गठन भएको हो ।२०४८/०४९ सालमा सर्वमान्य नेता स्व.श्री गणेशमान सिंहले सिलान्यास गरेको सो सडक मकवानपुर काठमाडौ जोड्ने सबै भन्दा छोटो दुरीको सडक भैकन पनि अहिले सम्म ओझेलमा परिरहेको छ । केही राजनैतिक दलका नेताले आफ्नो स्वर्थ साध्नका लागि भाषणमा समेटेपनी कसैको चासोको विषय बन्न नसकेको यो सडक केही बर्ष अघि मात्र सामान्य ट्र्याक मात्र जोडिए पछि जोखिम पुर्ण तरिकाले हलुका सवारी साधन आउ जाउ भैरहेकोछ । राज्यले उचित बजेट बिनियोजन गरि छोटो बैकल्पिक मार्गको रूपमा यसलाइ स्तर उन्नती गरे सडक चापका कारण हुने दुर्घटना न्यूनीकरण हुने देखिन्छ ।

प्रस्तावित इन्द्रसरोबर गाउँपालिकाको वडा नं ५ मा रहेको यो सडक स्तर उन्नति भए यस भेगबाट राजधानी लगायत अन्यत्र निकासी हुने तरकारी जन्य बस्तुले सहज बजार पाउने स्थानीयको भनाइ छ । ,भालेस्वर/ चन्द्रागिरीको फेदैबाट काठमाडौ निस्कने यो मार्ग स्तर उन्नति भए यसभेगमा पर्यटनले फड्को मार्न थप उर्जा दिने छ । समितिमा अध्यक्ष लामा सहित सचिब उमेश बस्नेत, कोषाध्यक्ष डोल्मा लामा , सदस्यहरूमा धनराज महर्जन, बाबुकाजी बस्नेत, रामदेबी नगरकोटी, लोकसिङ लामा, इनोदकुमार लामा र दुर्गावती थोकर रहेका छन् । यो समितिले विभिन्न निकायबाट प्राप्त १६ लाख ७५ हजार अनुदान रकमको योजना सञ्चालन गर्ने नव निर्वाचित अध्यक्ष जीवन लामाले बताए ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg