nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सडक नाटकबाटै चेतना फैलाउँदै रेडक्रस मकवानपुर

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको आयोजनामा मकवानपुरको उत्तरुी क्षेत्रका विभिन्न क्षेत्रमा सडक नाटक प्रदर्शन गरिएको छ । बालबालिकालाई लगाउनुपर्ने खोपको मात्र समयमै पूरा गर्नुपर्ने र यसले बालबालिकालाई पु¥याउने फाईदाको सावाल समेटिएको विषयमा सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटक मकवानपुरको नामटार गाविस तथा थाहानगरको दामन, पालुङ र बज्रवाराही देखायएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए । विश्व स्वयंसेवा दिवसको अवसरमा आयोजित सडक नाटकमा नेपाली हाँस्य ब्यङ्ग्य टेलीश्रृङखला मेरी बास्सै र खासखुसका कलाकारहरुले  अभिनय गरेका थिए । 

कार्यक्रममा नेपाल रेडक्रस मकवानपुर शाखाका अर्पणा पण्डित, सामाजिक परिचालक नबीन कार्की, स्वयंमसेवकहरु रुना खत्री र पवित्रा कार्कीको पनि उपस्थिती रहेको थियो । यस्तो सडक नाटक अब गोगाने, डाँडाखर्क र खैराङ गाविसमा पनि देखाइने सामाजिक परिचालक कार्कीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)