Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते

धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

१२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक विवश पौडेलसहित श्रेष्ठ घाइते भएका हुन् । गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्कालन नेपाली सेनाको ब्यारेकमा प्राथमिक उपचार गरिएको थियो ।

थप उपचारका लागि हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।