nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सकियो धिमे बाजा तालिम
अब्बल बन्दै पालुङका युवा

20180308_120229-1520581542.jpg

 उत्तरी मकवानपुर थाहा नगरपालिका २ पालुङमा युवाहरुले परम्परागत संस्कृति अन्तर्गतको धिमे बाजा बजाउन सिकेका छन् । कीर्तिपुरदेखि प्रशिक्षक झिकाएर शुरु गरिएको ३ महिने तालिम बिहिबार समापन गरियो । 
    थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा पालुङ साँस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली राजकुमार प्रधानको सभाध्यक्षतामा तालिमको समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख विष्टले संस्कृति आफ्नो गाउँ, ठाउँ, समुदाय र देशको मात्रै नभई विश्वको सम्पत्ति रहेकोले यसको संरक्षणमा अझै प्रभावकारी रुपमा लाग्नु पर्ने कुरामा जोड दिए । उनले नेवार समुदाय आफ्नो संस्कृति संरक्षणमा अगाडि रहेको भन्दै २१ आंै शताब्दीमा पश्चिमी छाडा संस्कृति भित्रिरहेको समयमा पालुङ नेवार समुदायले गरेको कामको खुलेर प्रशंशा गरे । भाषा तथा संस्कृति संरक्षणको लागि आगमी दिनमा पनि बजेट नै छुट्याउन सकिने तर त्यसको लागि समुदाय अहिलेजस्तै सक्रिय हुनुपर्ने कुरामा उनको जोड थियो । 


    कार्यक्रममा विशिष्ट अतिथि तथा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले संस्कृति नै आफ्नो पहिचान भएकोले यसलाई संरक्षणमा लाग्न सके राम्रो हुने बताए । त्यसैगरि तालिमका गुरु लक्ष्मण महर्जनले थाहा नगरपालिका र समुदायले गरेको समन्वय, साथ र सहयोग प्रति धन्यवाद व्यक्त गरे । नेवारी समुदाय प्रति गरिएको साथ सहयोग अगामी दिनमा पनि गरिरहन आग्रह समेत गरे । समाजमै रहेर केही गर्न सकिने भन्दै सबै जना मिलेर तालिमको आयोजना गरिएको हातमालो समितिका अध्यक्ष रमन श्रेष्ठले बताए । समितिका सदस्य प्रमोद श्रेष्ठको अनुसार संस्कार र संस्कृतिले मानिसलाई सभ्य बनाउने भन्दै सकारात्मक सोचका अनुसार तालिम भएको बताए ।


    समापन कार्यक्रमको अवसरमा तालिमबाट सिकेकाहरुले बाजा प्रस्तुत गरेका थिए । ईन्द्रायणी काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्षहर्ष महर्जन, थाहा वडा नं २ का वडा अध्यक्ष गुप्त कार्की, गुरु श्रीकृष्ण महर्जन, मूल गुरु अष्टमान श्रेष्ठ , भाषा गुरु प्रेमबहादुर श्रेष्ठ, अन्य गुरु लगायत स्थानीय नेवार समुदायका व्यक्तहरको सहभागिता रहेको थियो । तालिम पश्चात लिईएको परिक्षामा हृदयमान श्रेष्ठ प्रथम, प्रमिता श्रेष्ठ द्वितीय र प्रमोद श्रेष्ठ तृतीय हुन सफल भएका छन् । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।