Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

संस्कृति जाेगाउन पालुङको डबली व्यवस्थापन

39959696_279590292868251_-1535102953.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा रहेको गोपाली बस्ती अर्थात नेवार समुदायमा संस्कृति जगेर्ना गर्न सहजताको निम्ति डबली व्यवस्थापन कार्य सञ्चालन भएको छ । सेती गणेश टोल सुधार समिति गोपाली गाउँको पहलमा नेवार सम्प्रदायमा रहेको २ वटा डबलीमा ढुङ्गाको सोलिङ गरेर ढलान गर्ने योजना अनुरुप कार्य सञ्चालन गरिएको हो ।

रु १ लाख बराबरको लागत इस्टिमेटमा काम सुरु गरे पनि १ लाखले पनि नपुग्ने अवस्था देखिएको टोल सुधार समितिका अध्यक्ष सकुन्तला गोपालीले बताइन् । उनी भन्छिन्–“ नेवार सम्प्रदायको संस्कृति बचाउन यो कार्य अनिवार्य भए पनि कतैबाट पहल नभएपछि टोल सुधार समितिले व्यक्तिगत खर्च मार्फत डबलीलाई व्यवस्थित बनाउने कार्यमा पहल गरेका हौँ तर यसमा नगरपालिकाको र अन्य कुनै निकायको सहयोग छैन । वडाअध्यक्षसँग कुरा गरेर निवेदन चाइ राखेको छु अब के आउँछ प्रतिक्रिया थाहा छैन ।”


गोपाली गाउँका नेवार सम्प्रदायका सबैजनाको श्रमदान र सहकार्यमा गोपाली गाउँमा रहेको २ वटा डबलीमा ढुङ्गा सोलिङ सहित ढलान कार्य सञ्चालन भएको हो । केही दिन अघि मात्र गोपाली गाउँका रहेको पुरानो ढुङ्गेधारालाई सो सम्प्रदायको सहकार्यमा मर्मत सम्भार गरिएको थियो ।


 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।