Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

संस्कृतिको नाश भएकै कारण समाजमा विकृति भित्रीएकोः पूर्व उपप्रधानमन्त्री थापा

वर्तमान समाजमा भैरहेका विकृति र विसङ्गतीहरु सबै संस्कृतिको नाश भएकै कारण भित्रीएको पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताए । संस्कृतिले नै मानिसलाई सभ्य र सज्जन बनाउने भन्दैे संस्कृति त्यागेर हिँड्दा भगवान सँग डर नहुनाले जस्तो सुकै नराम्रो काम गर्न पनि पछि नपर्ने भएकाले समाजमा विकृति बढेको उनले बताए । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले यस्तो बताएको हो । उनले समाजमा सुव्यवस्था र शान्ति कायम गरी देशलाई समृद्ध बनाउने हो भने सबैले धर्म र संस्कृति जगेर्ना गर्न एकजुट हुनु पर्ने बताए । 

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राविधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको महायज्ञ बुधवार सम्पन्न भएको छ । यहि असार १९ गते बाट सुरु भएको ज्ञान महायज्ञ २५ गते समापन गरिएको हो । महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद् भागवत कथा प्रवचन, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएकोे थियो ।

महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवन उपयोगी कथा वाचन गरीएको थियो । सातै दिनको कार्यक्रममा कथा वाचन गरी महायज्ञलाई सफल बनाउन सहयोग गरिरहेका बालब्यास पं. श्री नारायण न्यौपानेलाई समापन समारोह मर्फत सम्मानका साथ बिदाई गरिएको छ ।




https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।