Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

संविधान दिवसकाे अवसरमा थाहामा दिपावली

संविधान दिवसको अवसरमा थाहा नगरको थानाबजार स्थित बुद्धचोकमा दिपावली गरिएको छ ।

थाहा नगरपालिकाको समन्वय तथा लायन्स क्लव अफ पिस थाहा र लियो क्लव अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रमलाई थाहा नगरपालिकाको उपमेयर खड्ग गोपालीले संवोधन गर्दै नेपाली जनताको लामो समयको आन्दोलन र ठूलो बलिदानीबाट प्राप्त संविधान जन चाहना अनुसार नै बनेकोले नेपाली जनताले आजको दिनलाई उत्सवको रुपमा मनाएको बताउनु भयो ।

उप मेयर गोपालीले संविधान प्रति नेपालकै केहि भूभागमा देखिएको असन्तुष्टिलाई समयानुकुल जन भावनाको कदर गर्दै संसोधन गर्न सकिने भएकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबै नेपाली एक भै अगाढी बढनु पर्ने बताउनु भयो । 

कार्यक्रममा स्थानिय कार्यालय, संघ संस्थाका प्रतिनिधि, संचारकर्मी सहित स्थानिय बासीहरुको उत्साहजनक सहभागिता थियो । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg