nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

संचारकर्मी काशी सहित सात स्वयंसेवीलाई सम्मान

Samman-1480924307.jpg

मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ युवालाई सम्मान गरेको छ । मनहरीमा २० मंसीरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, सगुन स्याङ्तान र नुरोज पौडेल रहेका छन् । "स्वयम्सेवक" दिवसको अबसर पारेर उनीहरुलाई सम्मान गरिएको हो ।  मनहरी स्वयम्सेवक समूह गठन गरी यी सात जना युवाले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए ।

आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । कूल ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए । स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए । 

सोही कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको सभाध्यक्षतामा भएको हो ।