Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा २ वटा सहित जिल्लाभर६ वटा पक्की पुल बनाइने

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा चालु आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ६ वटा पक्की पुल निर्माण हुने भएको छ । स्थानीय तहहरुको मागमा करिब १ अर्ब रुपैयाँ लागतमा पक्की पुल निर्माण भएपछि ६ वटा स्थानीय तहका हजारौं नागरिक लाभान्वित हुनेछन् । 

जिल्लाको थाहा नगरपालिकाको घर्तीखोलामा र थाहा कै वडा नम्बर ५ तसर खोलामा पुल निर्माण गर्नका लागि संघीय सरकारले बजेट छुट्याएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा पक्की पुल निर्माण गर्न लागिएको हो । संघीय सरकारको लगानीमा थाहा नगरसहित मनहरी गाउँपालिकाको सान्नानीटार हाँडीखोला जोड्ने पक्की पुल निर्माण गर्न लागिएको छ । १७ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद खतिवडाले बताए । पुल निर्माण भएपछि यस क्षेत्रका धेरै नागरिकका लागि सहजता हुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । पुल निर्माण गर्नका लागि ठेक्का लगाएर काम सुरु गर्न लागिएको छ ।

यसैगरी, मकवानपुरको राक्सीराङ गाउँपालिकाको सरिखेत, चुलीङखोला पुल निर्माणका लागि बजेट छुट्याएर टेन्डर गर्ने तयारी भएको छ । मकवानपुर गढी गाउँपालिकाको डुम्रेकुना र गढी जोड्ने पुल निर्माण गर्नका लागि टेन्डर गरेर काम थाल्ने तयारी भएको सांसद खतिवडाले बताए । त्यस्तै मकवानपुर जिल्लाको भीमफेदी, इपा–कोगटेको पक्कीपुल निर्माण गरिने भएको छ । यी पुल निर्माण गर्नका लागि संघीय सरकारको मन्त्रालयमा पहल गर्नुपर्ने दबाब दिएपछि मात्र बजेट पार्न सफल भएको सांसद खतिवडाले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)