nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रीवैष्णव युवा परिषदको महाअधिवेशन हेटौंडामा

श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दाश्रो राष्ट्रिय महाधिवेशन हेटौंडामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका संयोजक एवम् श्रीवैष्णव युवा परिषद मकवानपुर जिल्ला अध्यक्ष रामानुज वाग्लेले साउन २६ गतेदखी २८ गतेसम्म कार्यक्रम हुने जानकारी दिए ।

२६ गते उद्घाटन समारोह पल्पसा सभा गृहमा हुने, २७ र २८ गतेको कार्यक्रम हेटौंडा ५ गर्दोइमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा हुने उनले जानकारी दिए । श्रीवैष्णव युवा परिषद गठन भएको ३६ जिल्लाबाट तीन सय जना प्रमुख एवम् प्रतिनिधिको सहभागिता कार्यक्रममा रहने आयोजकले जनाएको छ ।

त्यसैगरि अधिवेशनको प्रचारप्रसारको लागि २५ गते मोटरसाईकल ¥याली गर्ने श्रीवैष्णव परिषद नेपालका केन्द्रीय सदस्य एवम् महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका सल्लाहकार हयगृव आचार्यले जानकारी दिए । कार्यक्रमको उद्घाटन भौतिक निर्माण तथा यातायात मन्त्री वीरबहादु बलायरले गर्ने जानकारी दिइएको छ ।