Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

श्रीमद् भागवतको प्रचार गर्न मोटरसाइकल ¥याली

मकवानपुर थाहा नगरपालिकामा १८ असारमा श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ सप्ताह मुल समारोह समितिको आयोजनामा मोटरसाइकल ¥याली भएको छ । महायज्ञको प्रचारात्मक कार्यक्रम अन्तर्रगत १८ असार बिहान १० बजे मोटरसाइकल¥याली भएको हो ।

 ¥याली थाहा नगरपालिकाको फाँटबजारको यज्ञ मण्डपबाट सुरु भै घर्तीखोला–दम्की–डाँडागाउँ–गोपालीगाउँ–शिखरकोट–थानाबजार–ओखरबजार–इन्द्रायणीचौर–पालुङ–पाण्डुकेश्वर मन्दिर–सोल्टु हुँदै फाँटबजार पुगेर समापन भएको कार्यक्रमका संयोजक हरेराम कार्कीले जानकारी दिए ।