Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

श्रीधर बस्याल नेपाल जेसीजको अध्यक्षमा निर्वाचित

नेपाल जेसीजको ४४ औं महाधिवेसनमा भएको निर्वाचनमा रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल बिजयी भएका छन् l उनले ६ सय ३९ मत ल्याई सन् २०१८ को लागि नेपाल जेसिज का राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएका छन् l उनले उनका निकटतम प्रतिद्वन्दी महेश पौडेलले ६ सय ३१ मत प्राप्त गरेका छन् l केवल ८ मतको फरकमा बस्याल राष्ट्रिय अध्यक्ष पदमा बिजयी हुन् सफल भएका छन् l

गत पुस ८,९ र १० गते तीन दिन सम्म चलेको उक्त महाधिवेसन भैरहवा स्थित महेन्द्रसभा गृहमा सम्पन्न भएको छ l उक्त महाधिवेसनको लागि अधिराज्यभरका बिभिन्न जेसीज शाखाबाट २ हजार भन्दा ज्यादा भैरहवा प्रतिनिधिहरु आएका थिए l

अध्यक्ष पदकालागि रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल तथा इटहरी जेसीजका महेश पौडेलबीच भिडन्त भएको थियो 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०