Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रमजिवी पत्रकार ऐन अन्तर्गत तलब सुबिधा कायम गर्न फोनिजको दवाब

IMG_20180401_101023-1522649248.jpg

आदीबासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गराउन जिल्लास्थित सञ्चार माध्यमहरुलाई दबाब दिने निर्णय गरेको छ । आईतबार सम्पन्न फोनिज नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई श्रमजिवी पत्रकार ऐन अनुसार तलब सुबिधा प्रदान गर्नका लागि दबाव दिने निर्णय गरेको हो । फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकले बिभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारमकर्मीहरुको गुणासो तथा समस्याहरुलाई ध्यानमा राख्दै श्रमजिवि पत्रकार ऐन अनुसार नियुक्ती, पारिश्रमिक, सेवा सुविधा प्रदान गर्न जिल्लास्थित मिडिया हाउसलाई दबाब दिईने निर्णय भएको उपाध्यक्ष अशोक सुजन श्रेष्ठले बताए ।

उक्त बैठकले जिल्लामा कृयाशिल आदीवासी जनजाति पत्रकारहरुको अवस्थाको विषयमा लगत संलकन गर्ने निर्णय पनि गरेको छ । लगत संकलन निर्णय कार्यन्वायन गर्नका लागि उपाध्यक्ष अशोक सुजन श्रेष्ठको संयोजकत्वमा सचिव नवराज वाईवा र सदस्य मञ्जरी बलामी सदस्य रहनेगरि उपसमिती निमार्ण गरिएको छ । आउँदो नियमित कार्यसमितिको बैठकमा उक्त समितिले संकलन गरेको लगत प्रस्तुत गर्ने जनाइएको छ। 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)