Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शोकमा समाचार संयोजक बलामी

विकास खबरपत्रिका र विकासखबर डटकमकी समाचार संयोजक मञ्जरी बलामीलाई हजुरबुबाशोक परेको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेल खड्बु निवासी समाचार संयोजक बलामीका ९९ वर्षिय हजुरबुबा कृष्णवीर बलामीको ३० असोजमा निधन भएको हो । दशै पछि विरामी रहेका बलामीको निधन भएको पारिवारीक स्रोतले बताएको छ । बलामीका ४ छोरा बुहारी छन् । उनी नाटेश्वरी गुठीका थकाली तथा ज्येष्ठ नागरिक समेत हुन् ।

मञ्जरी बलामी विगत ४ वर्षदेखि विकास खबरपत्रिकामा आवद्ध भई काम गर्दै आएकी छन् । शोकमा रहेकी समाचार संयोजक बलामी तथा उनका परिवारप्रति समवेदना प्रकट गर्दै मृत अत्माको चीर शान्तिको कामना गर्दै विकास खबरपत्रिका तथा विकासखबर डटकम परिवारले श्रद्धाञ्जली व्यक्त गरेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०