Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शैक्षिक सहयोग अक्षयकोषको छात्रबृत्ति कार्यविधि स्वीकृत

kos-1583980294.jpg

शैक्षिक सहयोग अक्षयकोषको छात्रबृत्ति वितरण सम्बन्धी कार्यविधि स्वीकृत भएको छ । मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको हो । कोषका अध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा २८ फागुनमा बसेको बैठकले छात्रबृत्ति वितरण कार्यविधिलाई परिमार्जन सहित स्वीकृत गरेको हो ।

विपन्न र अभिभावक विहिन बालबालिकाको शिक्षामा पहुँच बढाउने, शैक्षिक स्ंस्थाको पुर्वाधार विकास र शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने, शैक्षिक गुणस्तरमा बेद्धि गर्ने र अनाथ, असाहाय एवम् विस्थापित र जोखिममा रहेका बालबालिकाको शिक्षाका लागि आवासीय सुविधा उपल्ब्ध गराउने उदेश्यका साथ नागरिक समाजका तर्फबाट संस्था संचालन गरिएको छ । संस्थामा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याज वापतको रकमबाट छात्रबृत्ति वितरण गरिने गरि कोषको स्थापना गरिएको छ ।

यसै वर्षवाट छात्रबृति वितरण गर्ने लक्ष्यका साथ कोषले छात्रबृत्ति सम्बन्धी कार्यविधि तयार पारेको हो । कार्यविधिमा छात्रबृत्तिका किसिम, छात्रबृत्ति कोषमा हुने योगदान, अक्षयकोषको परिचालन, निर्णय एवम् प्रमाणिकरणलगायत अन्य व्यवस्थाहरु गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०