Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शुरू भयाे आग्रामा ४ करोड ७८ लाखको बृहत खानेपानी योजना

agraaaaa-1552463024.jpg

भुकम्प पछि उपभाेग गरिरहेकाे खानेपानीका मुहान सुकेर खानेपानी अभाव भएको थाहा नगरपालिका ७ आग्रमा ४ करोड ७८ लाखको लागतमा खानेपानी योजना बन्ने भएको छ । च्वाइस नेपाल, जिल्ला समन्वय समिति मकवानपुर, प्रदेश सरकार र थाहा नगरपालिकाको गरि कूल ४ करोड ७८ लाखको  लागतमा खानेपानी योजना निर्माण गर्न लागिएको हो । निमांण गर्न लागिएको  योजनाबाट ३ सय ८० घरधरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 
प्रतावित मजुवा खोला खानेपानी आयोजना उपभोक्ता समिति गठनका लागि आयोजित कार्यक्रममा थाहा नगरपालिकाका  नगर प्रमुख विष्टले ले खानेपानी लाई व्यबस्थिथत रुपमा वितरण भए पछि स्वथ्व समाजको निर्माण हुने भन्दै यस आयोजना सम्पन्न भए पछि विकासको पूर्वाधारले आग्रालाई सम्पन्न बनाउने बताए । प्रमूख विष्टले आफ्नै कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकासको पूर्वाधारले आग्रालाई सम्पन्न बनाउने गरी कार्ययोजन बनेको र सोही कार्ययोजनाको आधारमा काम पनि भइरहेको बताए ।  


थाहा ७ का वडा अध्यक्ष सनमसिं मोक्तानको अध्यक्षतामा र्भको कार्यक्रममा नेकपाका नेता विष्णु विष्ट आदर्श, वडा सदस्यहरु दिपेन्द्रकुमार थिङ, सुन्तलीमाया गरुङ, सानुकान्छा गोले, हरिमाया विक, च्वाइस नेपालका प्रतिनिधिहरु  लगायतको उपस्थिति रहेको थियो । 


प्रस्तावित खानेपानी योजान सम्पन्न गर्न दीपेन्द्र स्याङ्तानको अध्यक्षतामा उपाध्यक्ष भरत कार्की, सचिब बल बहादुर गोङ्बा, सहसचिब अमिसा वाइबा, कोषाध्यक्ष लक्ष्मी स्याङ्तान गोले रहेको मजुवा खोला खानेपानी आयोजनाको उपभोक्ता समिति  गरिएको छ । समितिको सदस्यहरुमा जानकाी गोतामे खत्री, उग्रसिं ठकुरी, प्रताप सिं घलान, मान ब लो ,क्षेत्र ब मोक्तान र हिरालाल स्याङतान रहेका छन् ।  । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०