Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शुभकामना आदन प्रदान कार्यक्रम

21617606_1949312948650688-1505974663.jpg

थाहा नगरपालिका वडा ३ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा शुभकामना आदन प्रदान तथा स्वागत कार्यक्रम गरिएको छ ।             कक्षा १२ का विद्यार्थहरुको आयोजनामा भएको कार्यक्रममा ११ का नयाँ बिद्यार्थीलाई स्वागत गरिएको
थियो ।                   

विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर बिष्टले टिका र खादा लगाएर कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । शुभकामना आदन प्रदान कार्यक्रममा कक्षा १२ का रचना बस्नेत, शिक्षकको तर्फबाट रामकुमार बल र सहप्रधानाध्यापक विष्टले मन्तव्य व्यक्त गरेका थिए ।      मानविकी  संकायका बिद्यार्थी अनुषा प्रधानको सभाध्यक्षता रहेको कार्यक्रममा बिद्यार्थीहरु रोजिना गोपाली, मनोज तितुङ, जमुना खड्का, रचना बस्नेत र सुनसानी तामाङ लगायतले आफ्ना शुभकामना मन्तब्य ब्यक्त
गरेका थिए । कार्यक्रममा स्थानीय लोक गायक रुपचन्द्र सापकोटा, पालुङ बहुमुखी क्याम्पसका स्वबियु सभापति मुकेश गाले, च्वाइस नेपालका ईश्वर राणा लगायतको आतिथ्यता रहेको थियो । झम्केश्वरी मावि, सेती गणेश आवि र सरस्वति आविमा पनि दशै विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।              

त्यसैगरी, विजया दशमीको अवसरमा आग्राको इन्द्रयणी माविका विद्यार्थीद्वारा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना
गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कार्कीले विद्यार्थीहरुलाई रातो टीका लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले कविता, मुत्तक गजल लगायत नृतय र गायन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुकै निमन्त्रणामा आएका कलाकार सजना थापाले नृत्य तथा गायन प्रस्तु गरेकी थिइन् ।         

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चन्द्रकला कार्की, गंगा थापा, रामगोपाल थापा,  प्रधानाध्यापक नारयणबहादुर कार्की र  सहप्रधानाध्यपाक कल्याणविक्रम घलानले शुभकामना व्यक्त गरेका थिए ।