Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

शिखर सहकारीको छैठौं वार्षिक साधारण सभा

shikhar1-1475836897.jpg

शिखर बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा असोज २१ गते थाहानगरको शिखरकोटमा सम्पन्न भएको छ । 
जिल्ला सहकारी संघ मकवानपुरका सदस्य बिमलकुमार ढकालको प्रमुख आतिथ्यमा सभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि ढकाल, राष्ट्रिय जनमोर्चाका लक्ष्मण विष्ट, पत्रकार कुमार नेगी, गौतमश्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेस केसी, ग्रामीण पर्यटन विकास सहकारी संस्थाका अध्यक्ष निरन्जन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
शिखर सहकारीका अध्यक्ष मधुसूदन विष्टको अध्यक्षतामा भएको सभामा अध्यक्ष  विष्ट, सचिब सहदेव ढकाल, कोषाध्यक्ष अनितकुमार केसी र लेखा समिति संयोजक जयन्ती रायमाझीले प्रतिवेदन पेश गरेका थिए । 
साधारण सभाको अवसरमा ३ जना असल ऋणी र ३ जना असल बचतकर्तालाई सम्मान गरिएको थियो । त्यसैगरी सहकारीका ज्येष्ठ सदस्य ९५ वर्षीय गणेशबहादुर गोतामेलाई सम्मान गरिएको थियो । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg