nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखरकाेटमै हिउँ, दामन सेताम्मे

मकवानपुरकाे पर्यटकीय क्षेत्र थाहानगरकाे दामन, सीमभञ्ज्याङ, काेटथुम्की, देउराली लगायतकाे स्थानहरुमा ८ फागुन बेलुकी  हिमपात भएकाे छ ।

थाहानगरकाे शिखरकाेट, थानाबजार, ओखरबजार लगायत मुख्य बजारसहित तल्लाे भेगमा समेत हिउँ परिरहेकाे छ । जारी हिमपात कति समय पर्ने र कति जम्ने अहिले नै एकीन गर्न सकिने अवस्था छैन । 

८ फागुन बेलुकी ८:०७ बजेबाट शिखरकाेटमा हिउँ पर्न शुरु भएकाे स्थानीय किसन  रायमाझीले बताए । हिमपातअघि हुरीबतास र वर्षासँगै हल्का असिना परेकाे थियाे । 

थाहानगरमा अघिल्लोपटक परेकाे हिउँ सकिन नपाउँदै अर्काे हिमपात भएकाे हाे । याेसमेत यस वर्ष यहाँ ४ पटक हिमपात भएकाे छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg