Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षा सहकारीको दोस्रो साधारणसभा

थाहानगरको बज्रवाराहीस्थित जनजागरण शिक्षा सहकारीको दोस्रो वार्षिक साधारण सभा असोज १८ गते सम्पन्न सम्पन्न भएको छ । 
केन्द्रीय कृषि सहकारी संघका लेखा संयोजक महेश्वर सुबेदिको प्रमुख आतिथ्यता र प्रजातन्त्र तथा बिकास केन्द्रका डाइरेक्टर उषा आचार्यको बिशेष आतिथ्यतामा सभा भएको हो । 
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रमुखहरु सेयर सदस्यहरु लगायतको उपस्थिति थियो । संस्थामा हाल दुई सय ११ सेयर सदस्य छन् । 
कुल २५,४६,००० सेयर पूंजी रहेको यो सहकारी ले सहकारी बिद्यालय सन्चालन गरी गुणस्तरीय शिक्षा दिँदै आइरहेको सभामा बताइएको   थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष मेघराज बलामीको सभाध्यक्षतामा सम्पन्न भएकाे विकास खबरकर्मी निराजन गोपालीले जनाएका छन् ।

फाेटाेः रूपचन्द्र गाेपाली