Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षासेवी शीला श्रेष्ठलाई थाहा नारीरत्न सम्मान

thaha-1-1567318130.jpg

हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिजको अबसरमा हेटौंडाको रेडियो थाहा संचार ९९।६ एफएफले थाहा नारीरत्न सम्मानबाट शिक्षा सेबी शीला श्रेष्ठलाई सम्मान गरेको छ । 

हेटौडा ४ अजरअमर रोड स्थित रेडियो परिसरमा आयोजीत थाहा नारीरत्न सम्मान तथा दर खाने कार्यक्रमा सहभागी अतिथीहरुले पछिल्लो समय तिज भड्किलो,खर्चिलो र देखावटी हुन थालेकोमा दुख ब्यक्त गरेकाछन् । प्रदेश ३ का नम्बर प्रदेश सभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मुनु सिग्देलले तिज मौलिक हुनुपर्नेमा जोड दिनु हुँदै तिज संस्कृति मास्ने खालको हुनु नहुने बताइन्। उनले तिजमा पछिल्लो समय मौलिकता हराउँदै गएकोले चिन्ता बढेको समेत बताइन । 

कार्यक्रममा थाहा नारीरत्न सम्मान २०७६ बाट विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएकी तुलसी मेहर स्कुलका सञ्चालक शीला श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठलाई दोसल्ला, सम्मान पत्र प्रदान गरिएको हो । रेडियोका सञ्चालक अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी,भिमफेदि गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, नर्सिङ संघ मकवानपुरका सचिव निर्मला भ्लोन लगायत जिल्लाका विभिन्न सामाजिक संघसस्थाका प्रतिनीधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०