nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिक्षामा गरिने बिभेद अन्त्य हुनुपर्नेः–अध्यक्ष हिदम लामा

IMG_20180312_125438-1520921480.jpg

सामुदायिक बिद्यालयमा हुँदा खाने र हुने खानेहरुको लागि शिक्षामा गरिने बिभेद अन्त्यको निम्ति अबको सरकारले काम गर्ने भिमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामाले बताए । लेकाली बसिफाँट माद्यामिक बिद्यालयकोे रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले यस्तो बताएको हो ।  सामुदायिक बिद्यालयहरुमा हँुदा खानेहरुले मात्र पढ्ने र हुने खानेहरुले बोर्डिङ स्कुलहरुमा पढाउने गरेकोले अव सामुदायिक बिद्यालयमा हुँदा खानेका बिद्यार्थी मात्र नभइ हुने खानेहरुको बिद्यार्थीहरु पढाउनको निम्ति पनि बिश्वासको वातावरण दिलाउने खालको वातावरण सरकारले पनि निर्माण गर्नुपर्छ र त्यसको लागि पनि गाउपालिका लागि परेको बताए । ब्यवसायिक र रोजगारीमुलक शीक्षा दिनको लागि अब भिमफेदी गाउपालिकाले संबिधानमा ब्यवस्था भए अनुसार आफ्नो गाउपालिकाको लागि उपयुक्त पाठ्यक्रम बनाउन नसकिए पनि आफ्नो गाउपालिकालाइ उपयुक्त हुने खालको शिक्षा ऐन बनाउने तयारीमा रहेको जानकारी दिए । उनले लेकाली बसिँफाट मा.बि. भिमफेदि गाउपालिकाको मात्र नभइ शैक्षिक सामाग्रीहरु र भौतिक संरचनामा मकवानपुर कै नमुना बिद्यालय रहेको भन्दै अझैपनि ब्यवस्थित बनाउनको लागि गाउपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले थपे “कक्षा १ मा भर्ना भएको संख्यामा कक्षा १० मा त्यति नै बिद्यार्थी पाइदैन, खोजी गर्याे भने ति बालबालिकाहरु बाल बिवाह गरीरहेको पाउछौँ, त्यसलाइ न्युनिकरण गर्नुपर्ने छ ।” छोराछोरीलाई बोर्डिङ पढाउनका लागि सहर बजारमा जाने कारण गाउका पुजीहरु गाउकेन्द्रित नभइ सहर केन्द्रित हुदा गाउपालिकाको अर्थतन्त्र मजबुत हुन नसक्ने भएकाले सामुदायिक बिद्यालयहरुले गुणस्तरिय, ब्यवहारीक, ब्यवसायिक र जिवन उपयोगी शिक्षा दिनु आवश्यक छ, लामाले भने । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको सभाध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह सचिब भिमलाल गुरुङ, स्रोत ब्यक्ति गोबिन्द चौलागाई, भिमफेदी गाउपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश पुडासैनीको बिशिष्ट आतिथ्यता रहेको थियो । ३ दिने विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाउने क्रममा सोमबार उत्घाटन कार्यक्रम गरेको लेकाली बसिफाट माध्यामिक विद्यालयले उत्घाटनका साथै विविध कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत स्मारिका बिमोचन गरि रजत जयन्ती समारोह उत्घाटन कार्यक्रम, मार्चपास प्रदर्शनी,  चुरेहिल अस्पतालको समन्वयमा स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, मा.वि.स्तरीय एकल गायन प्रतियोगिता, अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता तथा “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । जसमा मा.वि.स्तरीय एकल गायन प्रतियोगिताबाट जनकल्याण माध्यामिक बिद्यालयका छात्रा बिनिषा गोपाली प्रथम, हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्र आयुष गोपाली द्धितिय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका छात्रा समिक्षा कार्की तृतीय हुन सफल भएका छन । अन्तर मा.वि स्तरिय हाजिरी जवाफ प्रतियोगिताबाट आयोजक लेकाली बसीफाँट मा.बि. का मनोज गोले, प्रदिप बल र बिक्रम भोम्जन प्रथम, जाल्पा मा.बि. आमभञ्ज्याङका सुनिल न्यौपाने र सुनिल शाह द्धितीय र हिमालयण इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका दिया बिष्ट, अभ्यास बिष्ट र स्प्रीया आचार्य तृतीय भएका छन । त्यस्तै “बाल बिवाह एक, सामाजिक रोग अनेक” बिषयक वक्तित्वकला प्रतियोगिताबाट कालीका मा.बि प्रथम, लेकाली बसीफाँट मा.बि. द्धितीय र जनकल्याण मा.बि तृतीय भएका छन ।

कार्यक्रममा बोल्दै भैसे स्रोत केन्द्रका स्रोत ब्यक्ति गोबिन्द चौलागाइले न्युन दरबन्दी भए पनि बिषय शिक्षकहरु निजि स्रोतबाट उपलब्ध गर्दै बिद्यालयका शिक्षकहरुले सक्रियताका साथ त्यो चिसो स्थानमा गुणस्तरिय शिक्षा प्रदान गरेकोमा प्रशंसा गरे । त्यसैगरी कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जाइटी नेपालका प्रमुख सल्लाहकार तथा नेपाल सरकार शिक्षा मन्त्रालयका तत्कालिन सह सचिब भिमलाल गुरुङले जाइटी नेपालले हस्तान्तरण गरी सकेपछि आज यो दिन सम्म आउदा सक्रिय देख्न पाउदा खुशी लागेको बताए । उक्त बिद्यालयलाइ भौतिक संरचनाको दृष्टिकोणले मात्र नभइ गुणस्तरको दृष्टिकोणले पनि नमुना बिद्यालय बनाउनु पर्छ भन्ने कुरा बक्ताहरुबाट आउनु आफुहरुको लागि निक्कै नै खुशीको कुरा रहेको बताए । साथै उनले युवाको काधमा अरुले ५ वर्षमा गर्ने काम २ बर्षमा गर्ने क्षमता हुने भएकोले गाउपालिका अध्यक्ष जल्दोबल्दो युवा रहेकोेले यि समस्याहरु समाधान हुनेमा बिश्वास ब्यक्त गरे ।

भिमफेदी गाउँ पालिका ९ स्थित रहेको लेकाली बसिफाँट मा.बि.ले रजत जयन्ती समारोहको बिबिध कार्यक्रम अन्तर्गत मंगलबार २९ गते थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टको प्रमुख आतिथ्यतामा अभिभावक बीच घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक  कार्यक्रम, अन्तर मा.वि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन गर्ने साथै ३० गते माननिय सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा ११ बजे मार्चपास प्रदर्शनी, साँस्कृतिक झाँकी प्रदर्शनी रहने जनाइएको छ । 


२०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।