nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

शाकाहारी तरकारी खाने हो? तोफु र काजु यसरी पकाउनुस्

tofu-1603940730.jpg

दसैं माछामासुको चाड भन्दा फरक पर्दैन। मासु खाँदा खाँदा वाक्क भएको मुखलाई फरक स्वाद दिन चाहनुहुन्छ वा शाकाहारी हुनुहुन्छ भने पोषिलो र स्वादिलो तोफु खान सक्नुहुन्छ। 

तोफुलाई अझै भिन्न स्वाद दिन यसमा काजु राखेर पकाउन सकिन्छ। आज हामीले सेफ कुमार चालिसेको सहयोगमा तोफु र काजुको तरकारी बनाउन सिकाएका छौं।

आवश्यक सामग्रीः

१) लसुन अदुवा- मसिनो टुक्रा १ टेबुल चम्चा
२) कागतीको रस- १ टेबल चम्चा
३) तिलको तेल- २ टेबल चम्चा
४) रातो खुर्सानी- २ पिस
५) तोफु- डायस काटेको ५०० ग्राम
६) काजु- ५० ग्राम
७) मकैको पिठो- ४ टेबल चम्चा
८) भटमासको तेल- ५०० ग्राम
९) नुन- १/२ टेबल चम्चा
१०) नेपाली मसला धुलो- १ टेबल चम्चा
११) मह- १/२ टेबुल चम्चा

विधिः

१) सम्पूर्ण सामग्री र उपकरण तयार गर्ने।
२) डायस कटमा काटेको तोफुलाई इच्छा अनुसारका मसला, तेल र महले मोल्ने (म्यारिनेट गर्ने)। उक्त मिश्रण फ्रिजमा कम्तीमा १ घण्टा राख्ने।
३) म्यारीनेट गरेको तोफुलाई मकैको पिठोमा डुबाउने र तातिएको तेलमा एक एक गर्दै तार्ने
४) अर्को प्यानमा तिलको तेल तताउने, त्यसमा लसुन र अदुवालाई राखी फ्राई गरेको तोफु, नुन, मसला, काजु र कागतीको रस हालेर मन्द आगोमा चलाउँदै पकाउने।
५) आवश्यकता अनुसार झोल राखी इच्छाअनुसारका अन्य तरकारी पनि राख्न सकिनेछ।
६) नुन र पिरोको स्वाद मापन गरी मिलाउने।
७) तयार भएको तोफु र काजुलाई अन्य खानासँग पस्किने।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)