Sunday, 6th September, 2026
वि.स.

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा

सरकारले आगामी २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को ९ फागुनमा बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । 

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच वैशाख ३१ गते एकै दिन स्थानीय चुनाव गर्ने समझदारी भएपछि यो घोषणा आएको हो। सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने सरकारी निर्णय भएको जानकारी दिए।

बैठकले स्थानीय चुनावका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ दिने निर्णय पनि गरेको छ।









Thaha-002-1774415222.gif