nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वैशाख २ गतेबाट भर्ना अभियान

क्अजययि-1491908063.jpg

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ।

मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहका नौ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिने बताए । विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गर्नेछ ।

महानिर्देशक पोडेलका अनुसार २०७३ सालमा प्राथमिक उमेर समूह पाँचदेखि नौ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहको खुद भर्नादर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताए।