nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

वैशाख १९ गते देशभरका विद्युत् महसुल काउन्टर बन्द हुने

विद्युत् प्राधिकरणका देशभरका महसुल काउन्टर १९ वैशाखमा बन्द हुने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भित्र रहेका ट्रेड यूनियनहरुबीच आधिकारिक ट्रेड यूनियनका लागि देशैभर मतदान हुने भएकाले देशैभरका महसुल काउन्टर बन्द हुने जनाएको छ ।

प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गरेर १९ वैशाखमा महसुल संकलन नहुने जानकारी दिएको हो । अनलाइन प्रणालीबाट भने महसुल तिर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)