Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

वैशाख १० देखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा

NEB-1492481717.jpg

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो ।

राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।