Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वीरता दिवसको अवसरमा वैचारिक प्रशिक्षण

हेटौडा । २० औं बेथान विरता स्मृति दिवस आज जनयुद्धका प्रथम महिला सहिद दिलमाया योञ्जनको सम्झना गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जनयुद्धको क्रममा २५०० भन्दा बढी महिलाहरु सहिद भएर प्राप्त गरेको महिला अधिकारलाई सदुपयोग गर्ने दिन आएको भन्दै कार्यक्रममा वक्ताहरुले स्थानीय निर्वाचनमा महिलाहरुले आँट गर्नुपर्ने बताएका थिए। ३३ प्रतिशत अधिकारलाई उपयोग गर्न दक्षता बढाउनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तानले महिलाका अधिकार संस्थागत गर्न अधिकारका पक्षधरहरु एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्रका संयोजक प्रेम बहादुर पुलामीले सहिदका सपना पुरा गर्न लाग्नुपर्ने भन्दै स्थानीय तहमा महिला नेतृत्व तयार पार्दै जानुपर्नेमा जोड दिनुभयो। अनेमसंघकी जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे, प्रमिला लामा अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन, रञ्जना श्रेष्ठ, सल्लाहकारी कमला श्रेष्ठ, सहिद परिवार राममाया पाख्रिन, शान्ता अधिकारी, कविता कठायत, नमूना गोले,प्रेस सेन्टर अध्यक्ष नानीमैया विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।