nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वीरगन्जकी पत्रकारले हेटौंडाको मानवसेवा आश्रममा मनाइन् आफ्नो जन्मोत्सव

Nikas12-1478591536.jpg


वीरगन्जकी एकजना पत्रकार महिलाले आफनो ३९ औं जन्मोत्सव हेटौंडामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाहरुसं मनाउनु भएको    छ । रेडियो वीरगन्जमा कार्यरत महिला पत्रकार मायाँमितु न्यौपानेले आफ्नो जन्मोत्सव मानव सेवा आश्रममा आश्रित २२ जना बालबालिकाहरुका साथमा मनाउनुभएको हो  ।

आफ्नो जन्मोत्सवको अवसरमा उहाँले आश्रममा आश्रित बालबालिकाहरुलाई एक एक जोर न्यानो कपडा बितरण गर्नुभएको छ  । आफूले बर्षभर एक गास कटाएर र बिभिन्न स्थानमा पाउने अतिरिक्त पारिश्रकम तथा दक्षिणाबाट संकलन भएको रकमबाट अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आफूले आफ्नो हरेक जन्मोत्सव अनाथहरुका साथमा मनाउने गरेको बताउनुभो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी पशुपतिबिक्रम शाहले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने सोचको बिकास कमी हुदै गइरहेकोमा चिन्ता जनाउनुभयो । त्यसरी नै दिब्य सेवा निकेतन हेटौंडाका संचालक केदार न्यौपानले बढ्लिदो परिबेशसंगै छोराछोरीले आमाबुवा बिर्सने खतरा बढ्दै गएकोमा चिन्ता जनाउनुभयो ।

कार्यक्रममा पत्रकार धुब्र अधिकारी,समाजसेवी उषा शाह,आर्दश दास कमला गिरी लगायतले बोल्नु भएको थियो । मानवसेवा आश्रमको सबै शाखामा हाल १ सय ६६ जना बालबालिका तथा ज्येष्ठ नागरिकहरु आश्रित रहेको मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनु भएका रेडियो निकास हेटौंडाका स्टेशन कोर्डिनेटर कृष्णउदास खनालले गर्नुभएको थियो ।