nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

विहिबारको सुर्य ग्रहण, कुन राशिलाइ कस्ताे प्रभाव ?

बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको प्रभाव सबै राशिमा पर्नेछ । झण्डै १४४ वर्षपछि पहिलो पटक सूर्यग्रहणसँगै महासंयोग समेत बन्दैछ । यो ग्रहण धनु राशिमा लाग्नेछ । धनु राशिमा वृहस्पति, शनि, केतु र चन्द्रमा पहिलादेखि नै उपस्थित छन् । सूर्य ग्रहण कुन राशिका लागि कष्टकारी र कुन राशिका लागि फलदायी छ भनेर यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

१. मेष

बिहीबार लाग्ने सूर्यग्रहणबाट मेश राशि भएकाहरुमाथि दुष्प्रभाव देखिने छ । मेष राशिवालालाई ग्रहणका कारण काममा रोकावट आउने छ भने सन्तानलाई कष्ट हुने योग छ । साथै धन हानी हुने संभावना समेत छ ।

तर रातो आसनमा बसेर बिहानपख आदित्य ह्रदय स्तोत्र पाठ गर्ने हो र गुड दान गर्ने हो भने सूर्यग्रहणको दुष्प्रभाव कम गर्न सकिन्छ ।

२. वृष 

सूर्यग्रहणको प्रभावले वृष राशि भएका व्यक्तिलाई अचानट चोट लाग्ने संभावना छ भने आँखाको समस्या देखिन सक्छ । स्वास्थ्यमा सामान्य हेलचेक्र्याइ गर्दा निकै ठूलो कष्ट आइपर्ने योग छ । तर ॐ घृणि सूर्याय नमः मन्त्रलाई १०८ पटक जप गर्दा ग्रहणको दुष्प्रभाव कम हुन सक्छ ।

३. मिथुन 

खण्डग्रास सूर्यग्रहणका कारण मिथुन राशि भएका व्यक्तिको दाम्पत्य जीवनमा खटपट आउन सक्छ । साथै व्यापार/व्यवसायमा समेत नकरात्मक असर पर्ने योग छ । सूर्यग्रहणले मिथुन राशिवालाहरुलाई आर्थिक रुपमा कमजोर बनाउने संभावना पनि देखिन्छ । गरीब र असहाय व्यक्तिलाई गहुँ र गुड(भेली) दान गर्ने र सूर्यलाई नमस्कार गर्ने हो भने ग्रहणको प्रभाव कम होला ।

४. कर्कट

कर्कट राशि भएका व्यक्तिहरुका लागि बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण निकै लाभदायक हुनेछ । ग्रहणको सकरात्मक प्रभावले गर्दा यो राशि भएका व्यक्तिले कार्यमा सफलता हात पार्नेछन् भने धन वृद्धि हुने योग छ । साथै नयाँ लगानी गर्ने योग छ भने रोकिएर बसेको धन समेत प्राप्त होला ।

भगवान सूर्य नारायणको सूर्याष्टक पाठ गर्ने र गरीब तथा असहाय व्यक्तिहरुलाई मिष्ठान भोजन दान गर्नु भयो भने सूर्य ग्रहणको सकरात्मक प्रभाव थप वृद्धि होला ।

५. सिंह

सिंह राशि भएका व्यक्तिलाई सूर्यग्रहणका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । पेटसम्बन्धी समस्या देखिन सक्ने योग छ । तर ग्रहणको सकरात्मक प्रभावले धन लाभ हुन सक्ला । सूर्य ग्रहणका बेला आफ्नो मनको कुरा अरुलाई भन्दा हानि हुने योग समेत छ । तर बिहान सूर्य भगवानलाई नमस्कार गर्दा ग्रहणको नकरात्मक प्रभाव कम हुनेछ । साथै सुस्वास्थ्यका लागि ॐ आदित्याय नमः का जप गर्नुहोस् ।

६. कन्या 

सूर्यग्रहणका कारण कन्या राशि भएका व्यक्तिले पारिवारिक समस्या सामना गर्नुपर्ने देखिन्छ । साथै जागिरमा समेत समस्या उत्पन्न हुनेछ । सूर्यग्रहणका बेला व्यापार/व्यवसायमा समेत हानि हुने योग छ । ग्रहणको दुष्प्रभाव कम गर्न भगवान र सूर्य स्तोत्र पाठ गर्नुहोस् । त्यस्तै गरीब तथा असहाय मानिसलाई मिष्ठान खाना दिनुहोस् ।

७. तुला 

तुला राशिलाई समेत बिहीबार लाग्ने सूर्य ग्रहणले केही कष्ट निम्त्याउने योग छ । ग्रहणले गर्दा तुला राशि भएका व्यक्तिले आफ्नै मित्रले केही न केही समस्या खडा गर्ने वा धोका दिनेछ्न् । साथै पिताको स्वास्थ्यमा समेत समस्या देखिने योग छ । भाइबहिनीसँग झगडा हुन सक्छ । ग्रहणको सकरात्मक प्रभावले नयाँ घर किन्ने संभावना पनि उत्तिकै छ । दुष्प्रभाव कम गर्न ॐ नमः शिवाय मन्त्रलाई १०८ पटक जप गर्नुहोला र गुड दान गर्नुहोस् ।

८. वृश्चिक 

वृश्चिक राशि भएका व्यक्तिलाई समेत सूर्यग्रहणले राम्रो प्रभाव पार्ने देखिँदैन । यो राशि भएका व्यक्तिका लागि आफन्तसँग झगडा हुने संभावना छ । पारिवारिक खटपट हुने र धन हानि हुने योग छ । रिसले निकै नोक्सान गर्न सक्छ । त्यसैले क्रोशलाई काबुमा राख्नुहोला । ग्रहणको दुष्प्रभावबाट बँच्न बिहान हनुमान चालीसाको पाठ गर्नुहोस् । गरीब तथा असहायलाई रातो कपडा र गुड दान गर्नुहोला ।

९. धनु 

सूर्यग्रहणका कारण धनु राशि भएका व्यक्तिको स्वास्थ्यमा खराबी देखिने छ । साथै शरीरमा चोटपटक लाग्ने योग छ । आम्दानीमा वृद्धि भएपनि खर्च दोब्बर हुनेछ । ग्रहणको दुष्प्रभाव कम गर्न सूर्य भवगानको नाम जप गर्नुहोस् । साथै विष्णु चालीसाका पाठ गर्नुहोस् ।

१०. मकर 

मकर राशि भएका व्यक्तिको खर्च बढ्ने योग छ । साथै आँखाको समस्या समेत देखिन सक्छ । साथीभाइ, सहकर्मी तथा आफन्तसँग विवाद बढ्न सक्छ । सूर्यग्रहणको बेला परिवारका सदस्यको विशेष ख्याल गर्नुहोस् । भगवान सूर्यनारायणका १०८ वटा नामको जप गर्नुभयो असहायलाई भोजन दान गर्नुभयो भने ग्रहणको दुष्प्रभाव कम होला ।

११. कुम्भ 

कुम्भ राशि भएका व्यक्तिलाई बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण शुभ मानिएको  छ। यो राशि भएका व्यक्तिले धन लाभ गर्ने योग छ । साथै सन्तानको समस्या समेत हल हुने देखिन्छ । पढाइ वा जागिरको खोजीमा रहेका व्यक्तिका ग्रहण निकै शुभ मानिएको छ । यदि आफ्नो तौल बराबरको खाद्यान्न दान गर्नुभयो र गरीबलाई भोजन दान गर्नुभयो भने थप लाभदायक हुनेछ ।

१२. मीन 

मीन राशि भएका व्यक्तिका लागि कार्यस्थलमा केही न केही परिवर्तन हुने देखिन्छ । त्यस्तै मानसिक समस्या आउने योग छ । सहकर्मीसँग विवाद बढ्दा हानि हुन सक्छ । तर सूर्यग्रहण सकिएपछि केही शुभ समाचार प्राप्त हुन सक्छ । दुष्प्रभावबाट बँच्न बिहान रातो आसनमा बसेर सूर्य स्तोत्र पाठ गर्नुहोस् । र रातो फूल भगवान गणेशलाई चढाउनु होला ।