Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विसिङ्खेलको धाराचौरमा निःशुल्क पशुस्वास्थ्य शिविर

Goat-1-1584019872.jpg

मकवानपुर थाहा नगरपालिका पशु सेवा शाखाको आयोजनामा निः शुल्क पशु स्वास्थ्य शिविर भएको छ । थाहा नगरपालिका वडा नम्बर १० को विसिङ्खेल धाराचौरमा शिविर भएको हो । 

शिविरमा २ सय ६१ बाख्रा, २९ गाई गोरु, २ वटा भैसी राँगा, ४३ वटा कुखुरा तथा एउटा बंगुरको उपचार गरिएको थाहा नगरपालिका पशु सेवा शाखाका प्राविधिक विकेश कार्कीले जानकारी दिए । शिविरमा ल्याइएका पशुवस्तुहरुको प्राविधिक कार्की र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता माधव अर्यालले  उचार तथा औषधि खुवाएका थिए । 

शिविरमा ल्याइएका पशुवस्तुलाई आन्तरिक तथा बाह्यि परजीवी विरुद्धको खोप, जुका नाम्ले औषधि, साधारण उपचार समेत गरिएको कार्कीले जानकारी दिए । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर गरिएको हो । यस्तो शिविर अन्य वडाहरुमा पनि संचालन गरिने प्राविधिक कार्कीले जानकारी दिए ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०