nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्वभर घट्ने घटनाहरुमा आत्महत्या जटिलः चिमरिया

69505959_2316234142039362-1567661936.jpg

विश्वभरी घटिरहेको घटना मध्ये जटिल र घातक घटना आत्महत्या पनि रहेको संचारकर्मी अमृत चिमरियाले बताए । हेटौंडामा आत्महत्या रोकथाममा सरोकारवाला, मिडिया र जन–मानिसको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाइ राख्दै परिवर्तनसिल युवा अभियानका अध्यक्ष समेत रहेका युवा संचारकर्मी अमृत चिमरियाले यस्तो बताएका हुन् ।

उनले मकवानपुर जिल्ला सहित देशभर पनि उत्तिकै मात्रामा बढिरहेको आत्महत्या कहाँ कसरी र कुन बेला घट्ने हो थाहा नहुने र यसलाई रोक्न जनप्रतिनिधि र सरोकारवालाहरु नै फितलो रहेको औंल्याए । मानिसले आफु शैक्षिक क्षेत्रमा बलियो भए पनि रोजगारी नपाउनु, प्रेममा धोका, घरायसी यातना, झगडा, यौन शोषण, बलात्कार, परिक्षाको नतिजामा कमी र कहिलेकाही विद्यालयले गलत नतिजा प्रकाशन गर्ने लगाएतका कारणहरुले गर्दा आत्महत्या हुने गरेको उनले बताए । वर्तमान समयमा आफ्ना सन्तानहरु आमाबुबाबाट टाढा रहँने हुदाँ पनि जेष्ठ नागरिकले समेत आत्महत्या गरेको पाइएको उनको बुझाइ छ । 

 परिवर्तनसिल युवा अभियानले अहिले आत्महत्या न्युनिकरणको लागि विभिन्न स्थानमा जनचेतना मुलक काम समेत गरेको रहेको छ । उनले समाजमा घट्ने आत्महत्या रोक्न सरकार र नागरिक सबैले आफ्नो तर्फबाट सक्रिय ढंगले लाग्नु पर्ने सुझाए ।

सिआन पुनर्स्थापना केन्द्रको आयोजनामा भएको कार्यक्रममा मनोविद नरेन्द्र ठङगुनाले सहजिकरण गरेका थिए । कार्यक्रममा प्रदेश ३ प्रदेश सभा सदस्य मुनु सिग्देल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डि.एस.पी यज्ञप्रसाद भट्टराई, जनप्रतिनिधी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)