Thursday, 10th September, 2026
वि.स.

विप्लव माओवादी भन्छ: "मंसिर ८ गते बन्द गरेका छैनौं"

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरेको स्पष्ट पारेको छ ।

विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका छन् ।

नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०