nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विपनालाई सहकारीले १० सम्म पढाउने

टिस्टुङ–४ तारुकाकी बालिका विपना लामालाई टिस्टुङको महिला सहकारीले १० कक्षासम्म पढाइदिने भएको छ । टिस्टुङको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाले उनलाई अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको हो ।
विपना नौखण्डेस्थित बागेश्वरी माविको कक्षा ६ मा पढ्छिन् । आर्थिक अवस्था कमजोर भएकाले उनलाई पढ्न समस्या थियो । उनका बाबुआमा दुबै छैनन् । 
असोज १५ गते शनिबार उक्त सहकारीको १७ औं साधारण सभाको अवसरमा उनलाई छात्रवृत्ति घोषणा गरिएको हो । सहकारीकी अध्यक्ष मिना गुरुङले उक्त छात्रवृत्ति घोषणा गरेकी थिइन् ।
विपना बागेश्वरी बाल क्लबको सदस्यसमेत हुन् ।